यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाईदै

[sharethis-inline-buttons]

आज्ञाखबर
महोत्तरी

 

आज कुकुर तिहारअर्थात् यमपञ्चकको दोस्रो दिन कुरको पुजागरी आज कुकुर तिहार मनाईदै छ।
आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर यो पर्व मनाइँन्छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

आज चतुर्दशी तिथि लागेपछी कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपालका शास्त्रबिधहरुको भनाई रहेको छ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा पनी मानिन्छ ।