आज्ञा खबर
बर्दिवास
महोत्तरीको औरही बाट एकै साथ ५ जना दलित किशोरी वेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा औरही नगरपालिका वडा नं. २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबि सदा रहेको ईलाका प्रहहरी कार्यालय गौशलाले जनाएको छ।
मंगलवार दिउँसो देखि सम्पर्क बिहिन रहेका उनिहरुको खोजी गरीदिन औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खडकाले अभिभावकहरुलाई इलाका प्रहरी कार्यालय गौशलामा निबेदन दिन लगाएर खोजतलास गरिदिनको लागि समेत पहल गरीरहेको बताएका छन।
यता प्रहरीले वेपत्ता रहेका बालिकाको खोजतलास सुरु गरिसकेको इलाका प्रहरी कार्यालय गौशलाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।
यसैगरी नगर प्रमुख खड्काले घटना भएको २४ घन्टा बितिसक्दा समेत ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यादवले शंकास्पद व्यक्तिलाई पक्राउ गरि सोधपुछ गर्न र अपराधिलाई पक्राउ गर्न चासो नदेखाएकोमा आपति जनाएका छन् ।