भाइटीकाको शुभ साइत बिहान १० : ५१ बजे

[sharethis-inline-buttons]

बर्दिबास : यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्णय गरेको छ ।भाइटीकाको साइत दिनभर  रहेपनि शुभ साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको हाे  । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय विधान रहेको समितिले जनाएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु हुंदै छ । तिहार नेपालीको दोस्रो ठुलो  महान चाड हो , पाँच दिन सम्म मनाइने भएकोले यस पर्वलाइ यमञ्चक  समेत भनिन्छ ।

नेपालमा धेरैले  दसैँ र तिहारलाई मनाउने भएकाेले यी पर्वलाइ राष्ट्रिय पर्वका रूपमा हेरिन्छ ।