महोत्तरीबाट श्रोत नखुलेको १३ लाख रुपैयाँसहित भारतीय पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरीको सदरमुकाम जलेश्वरबाट श्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढ़ा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना. ३ ख २८७८ नम्बरको बसबाट उनलाई नियन्त्रणमा लिएको हो । बसलाई रोकेर चेकजाँच गर्दा पजियारकोसाथबाट श्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ।