आज्ञा खबर
महोत्तरी
महोत्तरीको पिपराबाट हत्याको आरोपमा प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र साहरघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बिहीबार बेलुका पिपरा गाउँपालिका ५ हर्दिया टोल बस्ने १९ वर्षीय आशिक पासवानको स्थानीय जगदिश साहको करिब ४ बजेको समयमा बाँझो खेतमा शव फेला परेको थियो
शव फेला परेपछि घटनामा संलग्न रहेको आरोपमा पिपरा ५ स्थित आफ्नै मामाको घरमा बस्दै आएका दुबै जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गर्दा घटनामा उनीहरुको संलग्नता रहेको महोत्तरीको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
हत्या घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।