आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिका ३ गौरीडाँडामा मैत्रीपुर्ण दोश्रो वडा कप फुटवल खेलको आयोजना हुने भएको छ।
युनाइटेड फुटवल कलव र वडा–३ कार्यालयको आयोजनामा हुँन लागेको उक्त खेल २५ असोजवाट औपचारिक उदघाटन हुने आयोजकले जनाएको छ ।
झण्डै ४ लाख लागत अनुमान गरीएको खेलमा वडा र नगरपालिकाले २ लाख सहयोग गरेको आयोजकले बताएको छ ।
खेलमा प्रथम हुने समुहको लागी ४१ हजार, दृतिय हुने समुहको लागी २१ हजार र उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ताको लागी पनि आकर्षक पुरुस्कारको व्यवस्था गरिएको छ ।
बर्दिवासमा विगतका खेल प्रतियोगिताहरुमा वाहिरवाट खेलाडी ल्याएर प्रतिस्पर्धा गरेको भएतापनी यो खेलमा भने नगरभित्रैवाट प्रतिस्पर्धा गराएर दक्ष खेलाडी उत्पादन गर्ने वडा अध्यक्ष बिराट बिष्टले वताए ।
खेलमा नगरभरीका १४ वटा वडालाई मात्र समेटिएको छ । वडा न.१३ वाहेक सवै वडावाट खेलाडीहरुको समुह खेलमा सहभागी हुने बर्दिवास युनाइटेड कलवका अध्यक्ष बिनोद खडकाले जानकारी दिए ।