न्यायिक क्षेत्रमा कार्यरत ब्यक्तिहरुको ब्यवहार परीवर्तनकालागी दुईदिने तालिम सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

न्यायिक क्षेत्रमा कार्यरत ब्यक्तिहरुको ब्यवहार परीवर्तनकालागी दुईदिने तालिम महोत्तरीको बर्दिवासमा मंगलवार सम्पन्न भएको छ। संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृद्धि परियोजनाको आयोजना र मुख्य मन्त्री तथा मन्त्रिी परीषदको कार्यालय मधेश प्रदेशको संयोजनमा भएको सो कार्यक्रममा मौलिक हक, ब्यवहार परिवर्तनकोलागी भुमिका,लंैगिक तथा सामाजिक संबेदनशिलता, महिला,बिपन्न सिमान्तकृत समुदायको ब्यवहार र बानीमा परीबर्तन,लगायतका बिषयमा तालिम दिईएको थियो ।


तालिममा अधिबक्ता अनिता नेउपाने थपलिया,यु. एन.डि पि ए .टु जेसि एक्सपोर्ट प्रेम बहादुर थापा, ए. टु परियोजनाकी मधेश प्रदेश कानुन अधिकृत उर्मिला रोक्का लगायतले सहजिकरण गरेका थिए ।
तालिममा मधेश प्रदेश मुख्य मन्त्री कार्यालयका सचिब ,मधेश प्रदेश गृह तथा सञ्चार मन्त्रालयका प्रतिनिधि ,राष्टिय मानब अधिकार आयोग मधेश प्रदेश का प्रतिनिधि ,महोत्तरी जिल्लाका १५ वटै नगरपालिकाका मेयर,उपमेयर ईन्सेक, ओरेकका प्रतिनिधि ,कानुन ब्यवसायी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेका थियो

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...