आज्ञा खबर
बर्दिवास
महोत्तरीको भंगहा नगरपालिका ६ हतिसर्वामा रहेका हनुमान कृषि सहकारी संस्थाले समुदायमा आधारीत जलवायु परीर्वर्तन अनुकुलन सम्बन्धि कार्यक्रम सञ्चालनमा ल्याएको छ। पछिल्लो समयमा यस समुदायमा जलवायु परिवर्तनको असर महसुस गरिएकाले जलवायु परिवर्तन अनुकूलन योजना तयार पारी संस्थाले लागू गरेको संस्थाका अध्यक्ष सुरेन्द्र ठाकुर बरहीले जानकारी दिए
यो कार्यक्रम समुदायको सहभागितामा योजना तर्जुमा गरिएको हो ।
यस जलवायु परिवर्तन अनुकूलन योजनाको कार्यान्वयन निकै लामो प्रक्रिया भएको र लागत समेत धेरै लाग्ने अनुमान गरी सहयोगका लागि गैर सरकारी संस्था बिभिन्न दात्री संस्था सहकारी मन्त्रालय र
सरोकारवाला निकायहरूबीच चरण–चरणमा छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि गर्ने गरिएको छ ।
साथै हनुमान सहकारीले आफ्ना वार्षिक कार्यक्रमहरूमा अनुकूलनका योजनाहरूलाई समावेश गर्दै लैजाने प्रतिबद्धता समेत जनाएको छ ।
समुदायको भू–बनावट र प्राकृतिक निर्भरता
को आधारमा भौगोलिक हिसाबले जमिन समथर रहेता पनि वर्षातको समयमा यस क्षेत्रमा बाटोघाटो हिलाम्मे हुन्छ ।
यस स्थानमा सामुदायिक वनबाट पर्याप्त वन पैदावर आपूर्ति हुने अवस्था नभएकाले यहाँका समुदाय आरक्षमा निर्भर रहेका छन् । आर्थिक रूपमा पनि
समुदाय निकै पछाडि छ । खानेपानी उपभोगका लागि निजी रूपमा बनेका नल्का ९जमिनमुनिको पानी तान्ने पम्प०को पानी प्रयोगगर्ने गर्दछन् । सिँंचाइका लागि नहर वा कुलो पनि छैन, आकाशे पानीमा भर पर्नुपर्दछ । पुनःस्थापित बस्ती भएकाले जग्गा–जमिन कम हुँदा आयआर्जनका लागि भारतीय तथा अन्य भूमिमा श्रम बेच्न जानु यहाँका समुदायको बाध्यता हो । नदीको कटान को जोखिमले बाली नालीमा पु¥याउने क्षति यस समुदायको मुख्य समस्या हो ।
खानापकाउन मुख्य रूपमा दाउराको प्रयोग गर्ने यस समुदायमा मुख्य जलवायुजन्य जोखिमहरू
रातु नदीले बर्षेनि गर्ने खेतीयोग्य जमिनको कटान तथा डुबान, घट्दो कृषि उत्पादन र खाद्यान्न संकट,
खानेपानीका मुहानहरू सुक्नु, रूख बिरुवा र चराचुरुङ्गीहरू लोप हँुदै जानु, कृषि तथा वन स्रोतमा मिचाहा प्रजातिको अतिक्रमण, मुख्य समस्याको रुपमा देखिएको छ ।
योजनाको परिकल्पना
जोखिमहरू अनुकूलित भई आयआर्जन तथा जीविकोपार्जनको अवस्थामा सुधार गर्नुका साथै वृक्षरोपण र प्राकृतिक पुनरोत्पादनमार्फत वनको अवस्थामा सुधार ल्याउने र समुदायका प्रतेक घरधुरीहरूमा कृषि तथा वन पारिस्थितिकीय प्रणालीलाई समानुकूल बनाउने ।
योजनाको उद्देश्य
रातु नदीमा तारजाली तटबन्ध, वृक्षरोपण, निर्माण गरी नदीजन्य प्रकोप कम गर्ने ।
सिँचाइको राम्रो व्यवस्था गराई कृषिमा सुधार ल्याउने साथै उन्नत जातका बीउबिजन संकलन तथा वितरण गराई जीविकोपार्जनमा
सुधार ल्याउने समेत संस्थाले कामगरीरहेको छ ।
सहकारीले खाली ठाउँमा वृक्षरोपण तथा मिचाहा
प्रजातिको उन्मूलन गरी कृषि तथा वन पारिस्थितिकीय प्रणालीमा
सुधार ल्याउने काम समेत गर्दै आएको छ।
समुदायको प्रतेक घरधुरीमा शौचालय निर्माण र स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतीकरण का लागी गोष्ठी गरी स्वास्थ्यमा सुधार ल्याउने काम गरीरहेको छ।
योजना तर्जुमा प्रक्रिया सञ्चालनमा ल्याएको छ।
स्थानीय जलवायु अनुकूलन योजनाको राष्ट्रिय संरचना र हरियो वन कार्यक्रम निर्देशिकाको अधिनमा रही निम्नानुसार चरणमा प्रस्तुत योजना तर्जुमा गरिएको हो । संकटासन्न समुदाय र घरधुरीको पहिचान ९जस्तैः महिला, दलित,विपन्न तथा पछाडि पारिएका वर्गहरूमा परेका जोखिमहरूको न्उुनिकरणकालागी बगरलाई बगै मा परीणत गरीएको छ।
प्रभाव विश्लेषण ।
योजनालाई जनमुखी र सहभागितामूलक बनाउन वास्तविक जोखिम प्रभावित महिला, दलित र विपन्न घरधुरीको सहभागिता सुनिश्चित गर्नुका साथै त्यस्ता समुदायलाई मुख्य रूपमा लक्षित गरिएको छ।
कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य, वन तथा जैविक विविधता र जल उत्पन्न प्रकोपलाई समेटिएको छ। स्थानीय श्रम, सीप, ज्ञान, प्रविधि र प्राकृतिक रूपमा रहेका स्थानीय स्रोत–साधनहरूको भरपूर प्रयोग गर्दै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकता दिइएको छ।