आज्ञा खबर
महोत्तरी
महोत्तरी प्रहरीले सोनमा गाउँपालिकामा भएको घट्नाका आरोपमा पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता गरेको छ । महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमार गिरीका अनुसार उनिहरुमाथी आपराधिक प्रवेश र आपराधिक उपेन्द्र सम्बन्धी कसुरमा मुद्दा चलाइएको हो । पूर्व अध्यक्ष राजकुमार यादव, वडा नं. १ का वडाध्यक्ष अशोक यादवसमेत दश जना विरुद्ध मुद्दा चलाएको प्रहरीले जनाएको छ।
मुद्दा दर्ता गरिएका मध्ये सोनमा १ का रामप्रसाद पासवान, उपेन्द्रकुमार साह, राकेश राम, नैजामुद्दीन अन्सारी, महेशकुमार, राम केबल राय र वडा नं. २ का ललिन्द्र यादवसमेत ७ जनालाई प्रहरीले घटना स्थलबाटै नियन्त्रणमा लिई सकेको छ । पूर्व गाप अध्यक्ष राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र वडा नं. १ का शैलेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजतलास भइरहेको बताईएको छ।
सोनमामा भएको घट्नाका आरोपमा पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech