आज्ञा खबर
रौतहट
रौतहटको दुर्गा भगवती गाउँपालिका ३ देवी पर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी माथि सांघातिक आक्रमण भएको छ ।
बिहिवार राति करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साधु साहको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए ।
साधु साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पु¥याएको थियो । अहिले उनको उपचार पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ ।
यता, रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे जानकारी पाएको बताए । आक्रमण कसले र किन गरेको कुरा खुल्न नसकेको उनले बताए ।