रौतहटका स्वतन्त्र सांसद यादव पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
माओवादी नेताको हत्या अभियोगमा मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरेकोएको सप्तरी प्रहरीले जनाएको हो।
जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्र कार्कीले बताए।
माओवादी नेता गोबिन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले बताए । उनलाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको बताईएको छ ।