हत्याको फरार आरोपी १९ वर्षपछि पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
हत्याको घटनामा फरार आरोपितलाई १९ वर्षपछि धनुषा प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबर र यज्ञभुमीबाट खटेको संयुक्त प्रहरी टोलीले धनुषाधाम नगरपालिका ९ बस्ने ५३ वर्षीय सकिर नसिर दफाली भन्ने सगिर दफालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

दफालीले २०६१ साल असोज २७ गते स्थानीय कमरुल खातुनलाई लात्तिले कोखामा हिकाउँदा घट्नास्थलमै मृत्यू भएको थियो ।

सो घटनामा फरार रहेका दफालीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।