निकेश खनाल
बर्दिवास
महोत्तरीको भंगहा नगरपालिका ६ हतिसर्वाका मिटरब्याजी रघुवीर साहका छोरा ईन्द्रजीत साह पक्राउ परेका छन् ।
उनलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरु नायब उपरीक्ष दिलीपकुमार गिरीले जानकारी दिए । उनी साहुहरुको संगठन लेनदेन संघर्ष समितिका महोत्तरीका सहसचिव हुन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा विवाद गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले मूलधनको ६ गुणासम्मको तमसुक बनाएको र दिएको र रकम अनुसारको तमसुक रहेकाले सोही बमोजिम ऋणीबाट अशुल गर्ने अडान राखेपछि विवाद भएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।