निकेश खनाल
बर्दिवास
मिटर ब्याज भन्दा चर्को ब्याज असुली गरेको भन्दै बर्दिवास ३ गौरिडा“डा निवासी आशा तोलाङ्गे विरुद्ध जिल्ला प्रशाासन कार्यालय महोत्तरीमा उजुरी परेको छ । चर्काे ब्याज असुली गर्दै आफ्नो सम्पतीनै हडेपेको र उक्त सम्पती फिर्ता र न्याय पाउनुपर्ने माग गर्दै पिडितले उजुरी दिएका हुन ।
तोलाङ्गे र उनका श्रीमान मनोज कुमार थापाले विपन्न र ज्यामी काम गरेर जिबन निर्वाह गरीरहेका आफ्नै आफन्त र छिमेकीलाई मिटरब्याजको धन्दा गरि उठिबास लगाउन खोजेकाले उनीहरुलाई उजुरी दिन सहयोग गरेको बर्दिवास ३ घर भएका नर बहादुर खनालले बताए । तोलाङ्गे दम्पती बिरुद्ध उनकै छिमेकी अनिता गुरुङ्ग, अनिता तोलाङ्गे,फुलमाया सार्की र सिता मिजारले चर्काे मिटर ब्याजमा ऋण असुली गरेको र पत्रकार हुँ भनी धाक धम्की दिने गरेको भन्दै उजुरी दर्ता गराएका खनालले बताए ।
पिडित मध्येकी अनिता तोलाङ्गेले आशा दम्पतीसंग २ लाख ५० हजार ऋण सापटी लिएकोमा प्रत्येक १० दिनमा सो ऋणको २५ हजारको दरले ४ लाख ७५ हजार ब्याज र त्यसको साँवा २ लाख ५० हजार भुक्तानी गरी सक्दा समेत पटक पटक अनिताको घरमा गएर म पत्रकार हुँ,ऋण खाएर तिर्न नसक्ने भए मेरो पत्रिकामा ऋण नतिरेको भनी छापिदिन्छु भन्दै धम्कि दिने गरेकोले न्यायको लागि उजुरी दिएको पिडित अनिताले बताईन् । आफ्नै दिदि अनितालाई ज्वाँई संग बिहे गराएर भएपनी ऋण असुल गर्छु, भनी धम्काएको समेत पिडितले उजुरीमा उल्लेख गरेकी छिन् ।
अर्का पिडित बर्दिवास नगरपालिका ३ घर भएका रामकुमार परियार र उनकी श्रीमती अनिता गुरुङ्गले आफ्नो घरजग्गा आफ्नै नाममा फिर्ता हुनुपर्ने माग गरेका छन् । तालाङ्गे दम्पतीको चर्को मिटर ब्याजको चङ्गोलमा फस्दा आफुँहरुको उठिबास लाग्ने अवस्था आएको पिडितको दुखेसो छ । परीयार दम्पतीका अनुसार छिमेकी मनोज कुमार थापा र उनकी श्रीमती आशा तोलाङ्गे संग ५ बर्ष देखी पटक,पटक गरी ४ लाख ९५ हजार घर खर्च चलाउन ऋण लिएका थिए । रकम असुली गर्न तोलाङ्गे दम्पतीले एक लाख रुपैयाँको साप्ताहिक रुपमा १० हजार सावाँ र ब्याज असुली गर्ने गरेको र हाल सम्म ७ लाख २० हजार नगद असुली गरिसकेको भएपनि ११ लाखको कपाली तमसुक गराएर बर्दिवास ३ गौरीडाडमा रहेको उनको ६ धुर जगा तथा त्यसमा बनेको ३ कोठे पक्की घर सहित घरमा रहेको बिजुली तथा खानेपानीको मिटर समेत आफ्नो नाममा नामसारी गराएको पिडितहरुको भनाई छ ।
अन्यायमा परेपछी परियार दम्पती सामजसेवी तथा नेकपा माओबादी केन्द्रका नेता तुलसी प्रसाद ढुङ्गानासंग न्याय माग्न पुगेका थिए । ढुङ्गानाले पिडित र पिडक दुबै पक्षलाई राखेर छलफल चलाएपनी घटना सार्वजनिक भएको थियो । छलफलमा तोलाङ्गे दम्पतीले असहमती जनाएपछी छलफल निश्कर्ष बिहिन बनेको थियो ।
सो छलफलबाट न्याय नपाएपछी पिडितले तोलाङ्गे दम्पती बिरुद्ध बर्दिवास नगरपालिका वडा नम्बर ३ को सिफासिस पत्र सहित जिल्ला प्रशासनामा उजुरी दिएका छन् । वडामा परेको उजुरी पछि वडाले छलफलमा बोलाउदा समेत तोलाङ्गे दम्पती सहमतिमा अनाउने र उपस्थित समेत नहुने भएकाले जिल्ला प्रशासनमा उजुरी दिन सिफारिस दिएको वडा अध्क्षय बिराट बिष्टले जानकारी दिए । अध्यक्ष विष्टका अनुसार सो घटनाको छलफलकालागी बिष्टले दुबै पक्षलाई असार ३१ गत्ते आईतवार वडा कार्यालयमा बोलाएका थिए ।
त्यसैगरी तोलाङ्गे दम्पतीको बिरुद्धमा बर्दिवास ३ कि सिता मिजार र फुलमाया सार्की पनि जिल्ला प्रशासन न्यायका लागी पुगेका छन् । सापटि लिएको रकमको दोब्बर रकम तिरिसक्दापनि हप्काई धम्काई पैसा मागिरहने गरेकाले तिर्न नसक्ने भएपछि न्याय माग्न हिडेको पिडितले बताएका छन् । सिङ्गो गरिब र दलितको बस्तिनै उठिवास लाउने तोलाङ्गे दम्पतीको कार्य निरङ्कुश र शोषणको चरम नमुना भएको समाजसेवी प्रमिला ढुङ्गानाले बताईन् ।
आफ्नै माईती टोलमा घर बनाएर बसेकी तोलाङ्गेलाई त्यहि टोलका मानिसले दुध खुवाएर पालेका तर अहिले उनी गोमनझै भएर सबैलाई डस्न थालेकाले गरिबहरुप्रतिको अन्याय विरुद्धमा पिडितलाई आफु“हरुले साथ दिइरहेको महिला नेता तथा समाजसेवी पवित्रा देवकोटाले बताईन् । पत्रकारको दम्भ देखाएर भएको यस्तो धन्दा विरुद्ध पत्रकारले पनि बोल्नु र लेख्नुपर्ने देवकोटाको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका तोलाङ्गे दम्पती विरुद्ध ४ वटा उजुरी परेका महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता उपेन्द्र न्यौपानेले जानकारी दिए । तोलाङ्गे दम्पतीको बिषयमा पिडक र पिडित दुबै पक्षलाई राखी छलफल गरी निष्कर्शमा पुग्ने न्यौपानेले बताए ।
यता पिडितहरु न्याय माग्न जिल्ला प्रशासन पुगिसकेको अवस्थामा समेत मिटरब्याज आरोप लागेका तोलाङ्गे दम्पती भने आाफहरुमाथि लगाईएको आरोप र आफुँ विरुद्ध बाहिर आएका समाचार गलत भएको भन्दै आफै“ संचालक रहेको प्रभात सन्देश दैनिक पत्रिका मार्फत खण्डन गर्दै आएका छन् । तोलाङ्गे नेपाल पत्रकार महासंघ महोत्तरीकी कार्यसमिति सदस्य हुन भने उनका श्रीमान मनोज पत्रिका व्यवस्थापनको भुमिकामा काम गर्छन ।