निकेश खनाल
बर्दिवास
समाचार संकलनको क्रममा महोत्तरीका एकजना संचारकर्मी माथि ठेकेदारले दुव्र्यवहार गरेका छन।
महोत्तरीको रेडियो सोनामाई १०३.७ मेगाहर्ज रामगोपालपुरमा कार्यरत्त पत्रकार अकाश भन्ने प्रतिक झामाथि सर्लाहीको चक्रघटा गाउँपालिका वडा न. ४ सून्दरपुरमा दुव्र्यवहार गरीएको हो।
दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको छ ।

उनीमाथि भएको घटना प्रती छनबिनको माग गरी ठेकेदारविरुद्ध रेडियो सोनामाइका अध्यक्ष नागेन्द्र यादवले सर्लाही प्रहरीमा उजुरी दिएका हँुन् ।
पालिका स्तरिय नला तथा सडक ढलानको समाचार संकलनको क्रममा ठेकेदार जावैद सेख तथा केही जसपा नेपालका कार्यकर्ताले बाटोमा रोकेर गाली गलौज गर्दै उनको मोटरसाइकलको भाइजर र मोबाइल समेत तोडफोड गरेको उजुरीमा उल्लेख छ । घटनामा संलगन व्यक्तिहरुको पहिचान गरी कानून बमोजिम आवश्यक कारवाही गरिदिन उजुरीमा आग्रह गरिएको छ ।
