आज्ञा खबर
पर्सा
जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई विशेष अदालतले दोषी ठहर गरेको छ।
दोषी ठहर भएका छन्। घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर यादबलाई बिशेष अदालतका न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोईराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार दोषी ठहर गरेको हो।
यादवलाई पाँच हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २०७९ असोज ३१ गत्ते पक्राउ गरेको थियो। यादवविरुद्ध अख्तियारले अनुसन्धानपछि २०७९ साल पुस २२ गते बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो।
