धनुषामा चोरी र हराएको २५६ वटा मोबाइल प्रहरीले खोजेर धनीलाई बुझायो

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
एक वर्षमा धनुषा प्रहरीले अवधिमा चोरी तथा हराएको २५६ वटा मोबाइल फेला पारेको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा हालसम्म चोरी तथा हराएको २५६ वटा मोबाइल फेला पारेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

 

मोटरसाईकल हराएपछी अथवा चोरीभएपछि प्रत्यक्ष तथा अनलाइनबाट जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको निवेदनको आधारमा उक्त मोबाइलहरु खोजतलास तथा फेला पारिएको हो । त्यस क्रममा मोबाइल चोरी गर्ने ५० जनालाई पक्राउ गरी कारबाही समेत गरिएको छ ।

मोबाइल चोरी भएपश्चात चोरी गरेको भनेर उजुरी नदिँदा शान्ति सुरक्षा कसुरमा मुद्दा चलाएर कारबाही गरिएको डिएसपी गौतमले बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...