रामगोपालपुरमा गोली चल्यो एक जना गम्भिर घाईते

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको रामगोपालपुरमा गोली हानेर एकजनालाई गम्भीर घाइते बनाईएको छ । गोली लागेर घाईते हुँनेमा रामगोपालपुर नगरपालिका १ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुुमार गिरीले जानकारी दिए।
स्थानीय ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली चलाएका हँुन् ।
मंगलबार साँझ साढे ५ बजेतिर समान्य विवादको क्रममा मण्डलले यादवमाथि दुइ राउन्ड गोली हानेका थिए जस्मा एक राउड
यादवको कन्चट र अर्को राउण्ड दाहिने कुमको माथी गोली लागेको छ ।
गोली लागेर गम्भीर घाइते उनलाई
उपचारकालागी रामगोपालपुरकोे जानकी एकेडेमीक हस्पिटलमा भर्ना गरिएको थियो । त्याहा प्राथमिक उपचार पछी थप उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा लगिएको छ ।
गोली चलाउने मण्डल र उनले प्रयोग गरेको पेस्तोल गोलीको खोका ३ थान सहित घटनास्थलबाटै उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।