आज्ञा खबर
धनुषा
मधेश प्रदेशका उत्कृष्ट हुने एक जना ट्राफिक प्रहरी निरीक्षकसँगै तीन जना ट्राफिक प्रहरीलाई नगद पुरस्कार सहित कदरपत्रबाट शनिवार ढल्केवर स्थित एक समारोहबीच सम्मानित गरीएको छ्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख प्रहरी निरीक्षक विमला कुमारी कठायत, प्रदेश ट्राफिक प्रमुख कार्यालय पथलैयामा कार्यरत प्रहरी सहायक निरीक्षक दीपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत सहायक हवलदार राजकुमार कलवारलाई सम्मानित गरीएको हो।
उनिहरुलाई नाडाका अध्यक्ष डाक्टर ध्रुव थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेस प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगद सहित कदर पत्रबाट सम्मानित गरेका थिए।
तीनै जना ट्राफिक सेवामा रही पु¥याएको विशेष योगदानको उच्च मुल्यांङ्कन सहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया वाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले उक्त पुरस्कारको लागि नाम सिफारिस गरेका थिए ।
