पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

[sharethis-inline-buttons]

निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् ।

शाह सरकारी सेवामा रहँदा शक्तिको दुरुपयोग गरी ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि पक्राउ परेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार बिहान उनीसहित ७ जनालाई पक्राउ गरेको हो। 

शाह २०७३ फागुन ५ गतेदेखि २०७५ चैत २८ गतेसम्म आयुक्त थिए। गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए ।

सोही प्रकरणमा भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्कीलाई पक्राउ गरिसकेको छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...