औरही नगरपालिकाद्वारा ४० करोड ३३ लाख भन्दा बढीको बजेट सार्वजनिक

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको औरही नगरपालिकाले ४० करोड ३३ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगरपालिकाको १२ औँ नगरसभामा नगरप्रमुख प्रदिप खड्काले अगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुँन।
निति कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सिचाईजस्ता क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा४० करोड ३३ लाख ५९ हजार ५०० रुपैयाँ बिनियोजन गरीएको छ।

जस्मा संघीय सरकार प्रदेश सरकार आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध भएको श्रोत तथा रकम अनुमान विवरणका आधारमा नगर प्रमुख खड्काले बजेट प्रस्तुत गरेका हुन्

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ८ करोड ३८ लाख, शिक्षा तथा खेलकुदतर्फ १३ करोड ८४ लाख ६० हजार, स्वास्थ्यतर्फ ३ करोड ६३ लाख, कृषि तथा पशुपक्षीतर्फ २ करोड ५५ लाख, ऊर्जातर्फ २२ लाख रुपैयाँको अनुमानित आय पेश गरेका छन। यस्तै उद्योग तथा रोजगार प्रवर्द्धनतर्फ करोड ९ लाख, पञ्जीकरणतर्फ ९ लाख, पूर्वाधारतर्फ ७ करोड ५२ लाख ९९ हजार ५००, बस्ती विकास (दलित आवास कार्यक्रम) तर्फ २ करोड र खानेपानीतर्फ १ करोड रुपैयाँ गरी कूल ४० करोड ३३ लाख ५९ हजार ५०० रुपैयाँको बजेट नगरसभामा पेश गरेको नगरप्रमुख खड्काले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...