ठगी आरोपमा मेयरका छोरा पक्राउ

[sharethis-inline-buttons]

सर्लाही। ठगी आरोपमा सर्लाहीको हरिवन नगरपालिकाका मेयरका छोरा पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर ठगी गरेको भन्दै हरिवनका निरोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

हरिवनका मेयर कमल बुढाथोकीका जेठा छोरा निरोजलाई मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलिले पक्राउ गरेको हो ।

बुढाथेकीले सर्बिया पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग १२ लाख रूपैंया ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।