हतियारधारी समूहले दिनदहाडै लुटियो एनएमबी बैंक

[sharethis-inline-buttons]

महोत्तरी:महोत्तरीमा दिनदहाडै बैँकबाट रकम लुटपाट गरेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाको महोत्तरी गाउँपालिका २ स्थित रहेकि एनएमबि बैंकबाट ३८ लाखभन्दा बढी रकम लुटिएको छ।

मंगलबार दिउँसो १२ बजेर २० मिनेटमा हतियारधारीको समूहले रकम लुटपाट गरेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो।

। बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताउनुभयो।