आज्ञा खबर
महोत्तरी
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार राय माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय बर्दिवास बाट खटेको टोलीले दुबैजनालाई सेवाग्राहीबाट ५० हवार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको क्रममा दुबैजनाले घुस माग गरी लिएको पुष्टि भएकाले शुक्रबार अदालतमा आरोपपत्र दायर गरिएको बताईएको छ ।
