जलेश्वरमा पाँच वर्षपछि संसारी माई महापुजा हुने

[sharethis-inline-buttons]

आज्ञा अबर
महोत्तरी
महोत्तरीको सदरमुकाम जलेश्वरमा जलेश्वरनाथ महादेव मन्दिरको अगाडि रहेको वरुणसरको पूर्वी किनारमा रहेको संसारीमाई मन्दिरमा पाँच वर्षपछि धुमधामकासाथ यस बर्ष पनी महापुजा तथा मेला लाग्ने भएको छ।
जेठ १९ गते मेला सुरुभई २६ गते सम्म बलिदिएर संसारी माई महापुजा मेला सम्पन्नहुँने छ। साता व्यापी मेला तथा बली कार्यक्रमअन्तर्गत जेठ १९ गते नगर सरसफाई,२० गते कलशयात्रा, २१ गते महापाठ, २२ गते लखराम पुजाको कार्यक्रम रहेको छ। यसैगरी, जेठ २३ गते हनुमान अराधना, २४ गते अष्टजाम, २५ गते बिडि सलामी महाआरती र २६ गते बलि प्रदान गर्ने कार्यक्रम रहेको माई महापुजा मुल समारोह समितिका अध्यक्ष अशोक साहले बताए।
साथै २२ गतेदेखि २६ गते सम्म खोईच भराई तथा प्रसाद चडाईने कार्यक्रम समेत रहेको छ। पुजामा बली दिनको लागि बली शुल्क अर्थात चिराकी शुल्क तोकिएको छ ।
पुजामा बली दिन भाकल गर्नेहरुकालागी जेठ १० गतेदेखि चिराकी शुल्क वापतको रसिद काटने काम शुरु हुने भएको छ ।

संसारी माई महापुजामा बली दिनकालागि बोकाको चिराकी शुल्क प्रतिथान तीन सय ५० रुपियाँ, परेवा, हाँस र कुखुराको चिराकी शुल्क प्रतिथान एक सय रुपियाँ तोकिएको हो।
चिराकी रसिद कटाउनका लागि जलेश्वर वडा नं. १ स्थित संसारी माई मन्दिरको छेउमै रहेको सार्वजनिक धर्मशालामा स्थापना गरिएको छ । चिराकी वापत संकल्न हुने शुल्कको रकम मेला आयोजनामा खर्च गरिने आयोजक समितीले जनाएको छ।

मेलामा यस बर्ष १० हजारको हाराहारीमा बली दिईने अनुमान गरिएको छ । मेलामा बलिको रकम र चन्दाबाट करिव ३५ लाख रकम संकल्न हुनसक्ने अनुमान मेला आयोजकले गरेको छ।

चिराकी वापत संकल्न हुने शुल्क र थप दाताहरुबाट प्राप्त हुने नगद अथवा जिन्सी सहयोगबाट साताव्यापी मेला आयोजना हुने
बताईएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...