रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ । जिल्लाको गौर नगरपालिका ७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको गए राति छुरा प्रहार गरी हत्या भएको हो ।

राति १० बजेतिर महम्मद खानको घर नजिकैको छिमेकी शेख सविरसंगको सामान्य बिवाद भएको थियो बिवाद पछी सविरले बायाँ छातीमा मुटु नजिक छुरा प्रहार गरेका थिए छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

छुरा प्रहारमा संलग्न साविरलगायत दुईजना फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए।