मिथिला नगरपालिका ४ पोष्पलपुरकी लक्ष्मीनियाँ ठाकुर चार वर्षदेखि जनकपुरधाम धाइरहेकी छन् । कहिले मालपोत त कहिले अदालत धाउने उनको दैनिकी जस्तै भएको छ । लक्ष्मीनियाँ विहीबार र शुक्रबार पनि भुमी सुधार तथा मालपोत कार्यालय धनुषामा काम हुने आशले पुगेकी थिइन् । तर मुद्दा फाँटका कर्मचारी बब्लु कापर विदामा भएको कारण उनको काम हुन सकेनन् । र, कार्यालय प्रमुख ताइब राइनले सदाझै अर्को दिन काम हुने आश्वासन दिएर उनलाई फर्काए । यसरी नै लक्ष्मीनियाँ चार वर्षदेखि मालपोतको चक्कर लगाइरहेकी छन् । तर, काम हुन सकेको छैन् । जिल्ला अदालत धनुषाले रोक्का गर्न दिएको आदेश मालपोतका कर्मचारीहरु कार्यान्वयन नगर्दा उनको बुबा हरिदेव ठाकुरको अंशमा पर्ने जग्गा नै विक्रि भइसकेको छ । विक्रि मात्रै होइनन् हरिदेवको भाई कमलदेवले बैंकमा धितोसमेत राखिसकेका छन् । अदालतले ०७६ चैत ३ गते दाखा दार्ता भएकाले पुर्वत अवस्था कायम गरिदिन कार्यालयलाई पत्राचार गरे । उक्त पत्र लिएर लक्ष्मीनियाँ भोली पल्टै मालपोतमा गएर बुझाइन् । तर कार्यालयले उक्त पत्र बुझेपनि न कार्यान्वयन गरे, न सो बारे अदालतलाई जानकारी दिए । उता लक्ष्मीनियाँले मालपोत कार्यालयले पत्र बुझेको कारण जग्गा विक्रि नहुने भनेर विश्वस्त थिइन् । तर जग्गा रोक्का भएको एक वर्ष नबित्दै हरिदेवका दाई कमलदेव ठाकुर वरहीले जग्गा विक्रि गरिसके भने करिव दश कठ्ठा जमिण बैंकमा धितो राखेका छन् । मालपोतको कर्मचारीहरु कमलदेवसँग आर्थिक लेनदेन गरी जग्गा अरुको नाममा नामशारी गरिदिएको लक्ष्मीनियाँको आरोप छ ।
रोक्का जग्गा नामशारी
कर्मचारी जोगाउन आलटाल
कुन कर्मचारीले अदालतको अवहेलना कार्य गरेको भनेर जिल्ला अदालत धनुषाले ०७८ फागुण ६ गते हाल सम्म तीन वटा पत्र मालपोत कार्यालयलाई पठाएका छन् । तर कार्यालयले हाल सम्म त्यसको जवाफ दिइरहेका छैन् । कर्मचारी नै दोषी देखिएपछि उनीहरु संरक्षण दिनको लागि उक्त फाँटको कर्मचारीको विवरण दिन मानेका छैन् । मुद्दा फाँटका कर्मचारी बब्लु कापरले कानूनी ज्ञान नभएको कारण समस्या देखिएको बताए । कर्मचारीहरु कानूनीज्ञाता नभएको कारण गल्ती भएको उनले स्वीकार गरे पनि धितो बाहेकको जग्गा नाशारी बदर भइसकेको भन्दै गोलमटोल कुरा गरे । दोषी कर्मचारीको विवरण तुरुन्तै कार्यालय प्रमुखसँग छलफल गरेर दिने उनले आश्वासन दिए ।
