आज्ञा खबर
महोत्तरी
महोत्तरी जिल्लाको जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध उजुरी दिनेको भिड लागेको छ ।
सरकारले तीन सदस्यीय आयोग गठन गरेर मीटरब्याज पीडितको समस्या समाधान गर्न उजुरी माग गरेको १२ दिनमा महोत्तरीमा ३ सय ९३, उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
आयोगले मिटरब्याज पीडितहरुलाई वैशाख १७ देखि ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न आग्रह गरेको थियो ।
तर आयोगले ७ दिन म्याद थप गरी जेठ ७ गतेसम्म उजुरी दर्ता गराउनसक्ने ब्यवस्था मिलाएको छ् । त्यसपछि जिल्ला प्रशासन कार्यालयले आयोगमा अध्यावधिक गरी
कारबाही प्रक्रिया अगाडी बढाउने छ । आयोग गठन हुनुभन्दा अगाडि पनि जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीहरु दर्ता गरिएका थिए ।
कतिपय उजुरीमाथि प्रशासनले मेलमिलाप गराएको बताइएको छ भने बाँकी उजुरीमा आयोगले नै छानबिन गर्ने जिल्ला प्रसाशन कार्यालय महोत्तरीले जनाएको छ।
