भुटानी सरणार्थि प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाँण भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित निवासबाट उनलाई पक्राउ गरेको हो।

गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन्। प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन्। उनलाई प्रहरी परिसर टेकु लगिएको छ।