काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको निधन भएको छ।
लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(३ घर भएका ३९ वर्षीय थापाको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा मंगलबार दिउँसो साढे एक बजे निधन भएको हो ।
वैशाख १० को उपनिर्वाचन अघि वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट खसेर गम्भीर घाइते भएका थापालाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो ।
टाउकोमा गहिरो चोट लागेका उनलाई वैशाख ५ गते थप उपचारका लागि हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको थियो।
