धनुषामा एकै दिन दुई वटा वेवारिसे शव फेला परेको छ ।
बिहीबार नगराइन नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा एक÷एक वटा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई वटा पहिचान नखुलेको शव फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार नगराईन नगरपालिका–४ स्थित सडक खण्डमा अन्दाजी ४५ वर्षीय र गणेशमान चारनाथ नगरपालिका –१ ज्यामिरे खोलाको किनारबाट २५ वर्षीय पुरुषको शव फेला परेका छन् ।