गौशलामा नगर प्रहरीमाथि हातपात गरेको भन्दै कामकाज ठप्प

निकेश खनाल
बर्दिवास
टिप्पर चालकले ड्युटीमा खटिएका नगरप्रहरी लाई कुटपिट गरेको भन्दै महोत्तरीको गौशाला नगरपालिकाले कानुन अनुसारको कारबाहीको माग गरेको छ।

प्रदेश नं. २–०३–००१ क ०४३८ नम्बरको टिप्पर चालक गौशाला नगरपालिका–१० का कृष्णा महतोले ड्युटीमा खटिएका नगरप्रहरी जवान पान बहादुर लामालाई कुटपिट गरेका थिए।
नगरपालिकाले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुन अनुसारको कारबाही गर्न इलाका प्रहरी कार्यालय गौशाला संग माग गरेको छ।

सोही घटनालाई लिएर गौशाला नगरपालिका बस्ने प्रमोद महतोले नगरप्रहरी प्रमुख टेकबहादुर लामालाई गालीगलौज गरी हातपात गर्दै ज्यान मार्ने धम्की दिएकाले कानुनअनुसार कारवाहीका लागि प्रहरीसमक्ष माग गरिएको हो।

यसैगरी गौशला नगरपापलकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसीका अनुसार असुरक्षाको महसुस गर्दै कर्मचारीहरुले आज नगरपालिकाको सम्पुर्ण कामकाज ठप्प पारेका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...