आज्ञा खबर
वीरगञ्ज :पर्सा प्रहरीले बिलबिजकभन्दा बढी मालसामान बोकेको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीले खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेका ट्रक वीरगञ्जबाट धनुषा र सिन्धुली जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–८ घण्टाघरमा चेकजाँच गरेको थियो।
प्रहरीले घण्टाघरस्थित सडकखण्डबाट ना ३ ख ५३८४ र ना ३ ख ६०७५ नम्बरको मालवाहक ट्रकलाई चेकजाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी मालबस्तुहरू लोड रहेको पाएको थियो।
दुबै ट्रक र ट्रकमा लोड रहेको ९९ लाख ९८ हजार २८० रुपैयाँ बराबरको मालसामानलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो





































