आज्ञा खबर
महोत्तरी:लोहारपट्टी नगरपालिकामा एक जना मजदुरले काम गरेको ज्याला मागेको भन्दै उनीमाथि कुटपिट भएको छ ।
लोहारपट्टी नगरपालिका–६ का निर्माण व्यवसायी कृष्ण मिश्रले कुटपिट गदै स्थानीय मोबारक नदाफमाथि दुर्व्यवहार गरेका हुन्।
गत चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर चोरी गरेको भन्दै विद्युत् पोलमा पाता कसेर मिश्रले नदाफलाई अमानवीय व्यवहार गरेका थिए।
प्रहरीले मिश्रलाई नियन्त्रणमा लिई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको जनाएको छ ।
जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं. ६ मा बन्दै गरेको शिव आश्रममा काम गर्ने मजदुर सोही ठाउँ बस्ने २१ वर्षीय मोबारक नदाफले काम गरेको ज्याला माग गरेपछि ठेकेदार आनन्द मिश्रले उहाँलाई कालोमोसोसहित पोलमा बाँधेर यातना दिई अमानवीय व्यवहार गरेका थिए ।
चैत २३ गते रहेको सो घटना सामाजिक सञ्जालमा भाइरल भएपछि मिश्रलाई पक्राउ गरी अपमानजनक तथा अमानवीय व्यवहार कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
