परीक्षामा अमर्यादित कार्य गरेको भन्दै १ जना परीक्षार्थी निष्कासन

[sharethis-inline-buttons]

आज्ञा खबर

महोत्तरी – महोत्तरी जिल्लाको औरही नगरपालिका २ औरही स्थित श्री प्रसाद सिंह माबि बिधालय औरहीमा एसईई को आज दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै १ जना परीक्षार्थीलाई निष्कासन गरिएको छ ।

महोत्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने र शिक्षा विकाश तथा समन्वय इकाईका प्रमुख भरत बाबु सुवेदीको नेतृत्वमा गएको अनुगमन टोलीले परीक्षामा मोबाईल कसैको छ भनेर भने पछी सो बिधार्थीले आफ्नो मोबाईल निकालेर दिएपछी बिधार्थीले मोबाईलको इमो एप्स  मार्फत प्रशन पत्र बाहिर निकालेको प्रयोग गरी परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै श्री प्रसाद सिंह माबि बिधालयबाट एक बिधार्थीलाई निष्कासन गरेको हो ।

त्यस्तै एसईईको पहिलो दिन अंग्रेजी बिषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै १ जना बिधार्थी लाई एकडारा गाउपलिका ६ स्थित रहेको श्री जनता माबि बिधालय कोल्हुवा बगेयाबाट १ जना परीक्षार्थीलाई निष्कासन गरिएको थियो ।

यस वर्षको एसईई परीक्षामा महोत्तरी जिल्लाबाट ९ हजार ५४ जना परीक्षार्थी सहभागी रहेको जिल्ला शिक्षा विकाश तथा समन्वय इकाईका प्रमुख सुवेदीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...