बारामा प्रश्नपत्र बाहिरएपछि केन्द्राध्यक्षसहित ५ जनालाई कारबाही, परीक्षार्थी निष्कासित

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
एसईईको पहिलो दिन आज भएको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरुभएको केही मिनेटमै बाहिरिएपछी बारामा केन्द्राध्यक्षसहित ५ जनालाई कारवाहीमा परेका छन।
बाराको आदर्शकोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएपछि त्यहाँ केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र २ निरीक्षकसहित ५ जना कारबाहीमा परेको बारका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

परीक्षा केन्द्रका केन्द्राध्यक्ष दिनेश साहको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको भन्दै त्यसको अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारीसहित परीक्षा समन्वय सिमितिको पुगेको टोलीले उनीहरूलाई कारबाही गरेको हो । टोलीले एक परीक्षार्थीलाई पनि निष्कासित गरेको छ ।
सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएर भाईरल बनेपछी
प्रमुख जिल्ला अधिकारीले बताए अनुसार केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्षद्वय पदम चौधरी, विजय चौधरीलाई परीक्षा अवधिभरको जिम्मेवारीबाट हटाइएको छ । त्यस केन्द्रमा अर्का केन्द्राध्यक्ष नियुक्त गरिने उनले बताए ।केन्द्राध्यक्षको कमजोरीले परीक्षा भद्रगोल भएपछि कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।