जबरजस्ती करणी गरेको आरोपमा प्रदिप साह पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका(२ तिनकुने चोकस्थित गहुँ बारीमा २५ वर्षीया महिलालाइ जबरजस्ती करणी गरेको आरोपमा लक्ष्मिपुर पतारी गाउँपालिका(३ हरीनगर टोल बस्ने २८ वर्षीय प्रदिप साहलाई प्रहरीले पक्राउ गरेको छ ।

साहले ती महिलालाई जबरजस्ती करणी गरेका भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।