सिरहामा बैंकको रकम लुटी फरार रहेका ३ जना मानिसहरु पक्राउ

[sharethis-inline-buttons]

लहान:जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी टेकु न्नद इवा लिम्बूले पछिल्लो समयमा रकम लुटी फ रार रहेका मनिसहरुलाई प क्राउ गरि सार्वजनिक गरेको छ।

एसपी लिम्बूका अनुसार २०७९ फागुन १० गते २:४५ बजेको समयमा सिरहा मिर्चैया नगरपालिका वडा नम्बर -३ बताहा पुल स्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आई.एम.ई बैंकको शाखा कार्यालय कल्याणपुर सिरहामा काम गर्ने क्रमचारीले ज.६.प. ८१८५ नं. को मोटरसाईकल चलाई मिर्चैयाको ग्लोबल आई.एम.ई बैंकबाट नगद रु ९००,०००/- (नौ लाख) रकम निकाली कालो ब्यागमा हाली पछाडी ढाडमा बोकी ग्लोबल आईएमई बैंक शाखा कार्यालय कल्याणपुर तर्फ लिएर आउने क्रममा नम्बर नखुलेको MT र अपाचे मोटरसाईकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई उक्त रकम खोसी लिई दक्षिण तर्फ भागी फ रार भएको थियोे ।

प्रहरी अनुसन्धानः – तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहा लगायत मातहत समेतको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा मिति २०७९ चैत ९ गते बिहीबार जिल्ला सिरहा सिरहा नगरपालिका स्थित हेमनारायण चौक स्थितबाट निजहरुलाई फेलापारी कानुन बमोजिम पक्राउ गरि आज सार्वजनिक गरिएको बताइएको छ ।

नोट:- शरीर बन्धक तथा डाँका मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान कार्य भई रहेको सिरहाका एसपी टेकु न्नद इवा लिम्बूले बताएका छन ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...