आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवनमा दिन आदिवासी जनजाति युवा महासंघ नेपालको ८ औँ राष्ट्रिय सम्मेलन हुने भएको छ ।
हरिवन ११ स्थित सम्राट पार्टी प्यालेसमा हुने सम्मेलनको भोली मध्यान्ह एक कार्यक्रमका बीच सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले उद्घाटन गर्ने महासंघका केन्द्रीय अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
सम्मेलनको उद्घाटनका अवसरमा भोली हरिवन बजारमा आदिवासी जनजातिको र्याली, झाँकीसहित विविध कार्यक्रम आयोजना गरिएको बताइएको छ । सम्मेलनले भावी नीति, कार्यक्रम, योजना र कार्यदिशा तय गर्ने महासंघका महासचिव किरण श्रेष्ठले बताए । सम्मेलन दुईदिन सम्म सञ्चालन हुँने आयोजकले जनाएको छ।





































