आज्ञा खबर
सर्लाही
सर्लाहीको गोडैता उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र हजरा शनिबार दिउँसो घरदेखि करिव तीन सयमिटर पूर्व–उत्तरतर्फ गोडैता नगरपालिका–८, मा रहेको लहरी बारीभित्र मृत फेला परेका छन् ।
उनि गोडैता बजारमा एल्बेस्टरको व्यापार गर्दै आएका थिए ।
शनिबार दिउँसो घाँस काट्न गएका स्थानीयले हजराको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । ५० वर्षीय हजराको घोप्टो परेको अवस्थामा शव फेला परेको हो। घटनास्थलमा अनुसन्धानकालागी बर्दिवासबाट तालिमप्राप्त कुकुर मगाइएको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीेले जानकारी दिए।
घटनापछि स्थानीयस्तरमा त्रास सिर्जना भएको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले बताए ।
गोडैता उद्योग वाणिज्य संघका अध्यक्ष मृत फेला
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































