पुल नबनेपछि सिन्धुलीको फिक्कलमा चक्काजाम

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६ मा निर्माण सुरु भएको एक दशक बित्दासमेत पुल अलपत्र परेपछि स्थानीयले दबाबस्वरुप दिनहु यातायात अवरुद्ध गर्दै आएका छन् ।

राजमार्गको सोखुखोलामा निर्माणाधीन पक्की पुल छिटो सम्पन्न गर्न दबाब दिने उद्देश्यले यातायात अवरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।

शुक्रबार तीनघण्टा चक्काजाम गरेका स्थानीयले शनिबार बढाएर बिहान ८ बजेदेखि दिउँसो एक बजेसम्म पु¥याएका छन् । चक्काजामका कारण मध्यपहाडी राजमार्ग भएर ओखलढुङ्गा, सोलुखुम्बु,भोजपुर, उदयपुर र सिन्धुलीबाट राजधानी आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बाटैमा अलपत्र परेका छन् ।

पुल निर्माण ठेक्का सुरुमा पप्पु कन्स्ट्रक्सन पाएको थियो । पप्पुले अलपत्र पारेर छाडेपछि ठेक्का तोडेर लोहनी–आत्रेय जेभीलाई दिइएको थियो । जेभीले तीन वर्ष बित्दासमेत सम्पन्न नगरेपछि स्थानीयहरु चक्का जाम गरेर आन्दोलनमा उत्रिएका हुन् । पुल निर्माण सम्पन्न गर्नका लागि सम्बन्धित निकायमा बारम्बार ताकेता गर्दा पनि बेवास्ता गरिएको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारको भनाइइ छ । सोखुखोलामा पुल नहुँदा वर्षा आउने बाढीले यातायात अवरुद्ध हुने गरेको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...