प्रेस सेन्टर सर्लाहीको कार्य समिति विघटन

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल सर्लाहीको वर्तमान जिल्ला कार्य समिति विघटन गरीएको छ ।

प्रेस सेन्टर नेपालको मधेश प्रदेश समितिले बुधबार एक पत्र सार्वजनिक गरी शंकर पहाडी (एसपी गौरव) नेतृत्वको प्रेस सेन्टर नेपाल सर्लाही शाखा विघटन गरेको घोषणा गरेको हो । प्रदेश समितिका अध्यक्ष किरण कर्ण र महासचिव गोपालप्रसाद गुप्ताले हस्ताक्षर गरी जारी गरेका पत्रमा सर्लाही शाखाले संगठनात्मक प्रक्रिया, विधान र अनुशासन विपरीतका काम कारवाही गर्दै आएको हुनाले विघटन गरिएको उल्लेख गरिएको छ ।

यस्तै, दुई साताभित्रमा संगठनको जिल्ला भेला गरेर नयाँ जिल्ला समन्वय समिति चयन गर्न प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जनार्दन पोखरेललाई जिम्मेवारी तोकिएको छ ।