उदयपुरमा आगलागी एकै घरका दुई बालबालिकाकाे जलेर मृत्युु

[sharethis-inline-buttons]

आज्ञा खबर
उदयपुर
उदयपुरमा आगलागी हुँदा परि एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।
जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा रहेको रामबहादुर बुर्जा मगरको घरमा बिहिीवार बेलुका ५ बजेतिर बिजुली सर्ट भएर
आगलागी हुँदा उहाँकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिनुभयो ।

आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो हिजो बेलुका नै निभाइएको प्रहरीले जनाएको छ ।