आज्ञा खबर
धनुषा
धनुषा प्रहरीले जिल्लाका विभिन्न स्थानहरूबाट लाख रुपैयाँ बराबरको भन्सार छलिका अवैध मालसमान बरामद गरेको छ ।
प्रहरीले भन्सार छली चोरी पैठारी गरि ल्याएका लत्ताकपडा लगायत ९ लाख १२ हजार ५४० रुपैयाँ बराबरको समान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बरामद गरिका मालसमान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको बताईएको छ ।





































