एपी वान टेलिभिजनका महोत्तरी पत्रकार चौधरीको अवस्था गम्भिर, विमानबाट काठमाडौं लगियो

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
पत्रकार नविन चौधरीलाई यति एयरलाईन्सको विमानबाट काठमाडौं लगिएको छ। स्वास्थ्य उपचारमा समस्या देखिएपछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सहसचिव रामनारायण महतोले जानकारी दिए ।
बुधवार दिउसो होलीको समाचार संकलनका लागि जलेश्वर नगरपालिका–५ चौरीया पुगेका पत्रकार चौधरीलाई अज्ञात समूहले वियरको बोतल टाउकोमा हानेर गम्भिर घाइते बनाएका थिए ।
पत्रकार चौधरीलाई उपचारको लागि तत्कालै जनकपुरधामस्थित जानकी हेल्थ केयरमा लगिएको थियो । उनलाई आकस्मिक कक्षमा राखेर उपचार गर्दा समेत उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको हो ।
यता पत्रकारसम्बद्ध संघसस्थाहरुले उक्त घटनाको निन्दा गरेका छन् । नेपाल पत्रकार महासंघ महोत्तरी शाखा, नेपाल प्रेस युनियन ,प्रेस सेन्टर नेपाल महोत्तरीलगायतका पत्रकार आबद्ध संघसस्थाहरुले समाचार संकलनमा खटिएका चौधरीलाई अज्ञात समूहले नियन्त्रणमा लिई निर्घात कुटपीट र वियरका बोतलले टाउकोमा प्रहार गरी मरणासन्न अवस्थामा पुयाएको भन्दै घटनाको घोर भत्र्सना गरेको छन् ।

उनीहरुले घटनामा संलग्न दोषीहरुलाई यथाशिघ्र पक्राउ गरी हदैसम्मको कारवाही गर्न समेत माग गरेका छन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...