आज्ञा खबर
महोत्तरी
होली पर्वको समाचार संकलन गरी फर्किरहेको समयमा एपी वान टेलिभिजनका महोत्तरी संवाददाता नविन चौधरीमाथि बुधबार साँझ मदिरा सेवन गरेर हिँडिरहेका समूहले आक्रमण गरेका छन।
जलेश्वर नगरपालिका–५ मा उनीमाथि आक्रमण भएको हो।
सो समुहले चौधरीको टाउकोमा बियरको बोतल प्रहार गरेका थिए। उनको टाउकोमा चोट लागेको छ। उनको जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ। यता घटना निन्दनीय रहेको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले जनाएको छ।
पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोले समाचार संकलन गरेकै भरमा पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको भन्दै दोषीलाई हदसम्मको कारवाहीको माग गरेका छन्।
सचिव महतोले महोत्तरी प्रहरी प्रशासनसँग घटनालाई सुक्ष्म रूपमा अनुसन्धान गरी संलग्नलाई कारवाहीको माग गरिएको छ। पत्रकारलाई निष्पक्ष रुपमा काम गर्ने वातावरण निर्माण गरिदिन स्थानीय सरोकारवाला निकायसमक्ष सचिव महतोले आग्रह गरेका छन्।
म्महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलका अनुसार भारत विहार राज्य मधुवापुर थाना ठेगाना भएका १८ वर्षीय संजित कुमार मण्डललाई पक्राउ गरिएको जनाएको छ। अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।