होलीमा उछृङ्खल गतिविधि गरेको आरोपमा १४ जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
होली खेल्ने बहानामा हो–हल्ला गर्ने, अशान्ति मच्चाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, जबर्जस्ती रंग दल्न खोज्ने, प्रहरीसँग वाद विवाद गर्ने, ट्राफिक नियम उलंघन गरेर सवारी चलाउने अमर्यादित र उछृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले पर्साबाट १४ जनालाई नियन्त्रणमा लिएको छ ।
होली पर्व शान्तिपूर्ण एवं मर्यादित ढंगले मनाउनुपर्नेमा त्यसको विपरीत गतिविधि गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
होलीकोे नाममा उछृङ्खल गतिविधि गरेर शान्ति सुव्यवस्थामा खलल पु¥र्याएकोले उनिहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
ट्राफिक प्रहरीसँगको सहकार्यमा प्रहरीले पर्सामा चेकजाँच र गस्ती बढाएको छ ।

होली पर्वलाई दुर्घटना रहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले ‘सरप्राइज चेकिङ, मोटरसाइकल र मोबाइल गस्तीलाई बढाईएको छ। जस्मा सादा पोशाकमा पनि प्रहरी परिचालित छन् ।’

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...