महेन्द्रनगरका राजीवकुमारको विवाहमा जीवन बीमा उपहार

आज्ञा खबर
धनुषा
धनुषाको महेन्द्रनगर–८ सखुवा, निवासी राजीवकुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका छन् । विवाहमा अन्य जिन्सी उपहार दिनुभन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गर्दै प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजना अन्तर्गत प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेशकुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले साथी पण्डितको फागुन १७ गते सम्पन्न विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन् ।

साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख सिंह र एजेन्सी म्यानेजर आलमले बताए । विवाहकै दिनदेखि नै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट सिनियर एजेन्सी म्यानेजर आलम र बर्दिबास शाखा प्रमुख सिंह एवं अभिकर्ताहरूको उपस्थिती रहेको थियो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...