आज्ञा खबर
सप्तरी
सप्तरीमा बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजीगाँजा प्रहरीले बरामद गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल बालुवामुनि अवैध रुपमा गाडेर राखेको गाँजा कन्चनरूप प्रहरी टोलीले बरामद गरेको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





































