आज्ञा खबर
महोत्तरी
संघीय सरकारले तराई मधेसको होलीका लागि मंगलबार बिदादिए पनी बुधवार होली खेलीने भएको छ। मधेशमा मंगलबार माछा, मासु नखाने र मदिरा सेवन नगर्ने चलनका कारण धेरैजसो बुधबार होलीमा रम्ने योजनामा छन् । मधेशमा शाकाहारी हरु कसैकसैले मंगलवार पनी होली खेल्ने महोत्तरी बर्दिवास १४ का स्थानिय रुपक हमाल बताउछन।
होलीको मुख्य दिन तराईमा मंगलबार परे पनि साता अघिदेखि नै यहाँ विभिन्न संघ संस्थाले होली मिलन समारोह तथा शुभकामना आदानप्रदानजस्ता कार्यक्रम निरन्तर गर्दै आएका छन् । होलीका अवसरमा सांस्कृतिक कार्यक्रमसमेत गरिरहेका छन् ।
फागु पूर्णिमाको दिन सोमबार पहाडी समुदायले होली पर्व मनाउँदैछन् ।
वर्षभरि भेटघाट नभएकाहरु एकअर्काको घरमा भेटघाट गर्न जाने र रङ तथा शुभकामना आदानप्रदान गर्ने चलन होलीमा छ । यो पर्वले साथी भाई इष्टमित्रलाई वर्ष दिनमा एक पटक भेटघाट गर्ने अवसर पनि जुराउँछ । आपसमा मनोमालिन्य र रिसराग भएकाहरु पनि त्यसलाई बिर्सेर आजकै दिनबाट सम्बन्धको नयाँ सुरुवात गर्छन् ।
तराईमा गर्मी भएकाले यहाँ पहिलेदेखि नै पानी र रङसँग होली खेल्न सहज महसुस गरिन्छ । रङ र अबिरको होली खेलेपछि आफन्तजन एवम् इष्टमित्रहरुलाई काजु, किसमिस, नरिवल, छोकडा, सुपारी आदिको मसला खान दिने चलन छ । होली पर्वकै लागि नया सेतो वस्त्र लगाएर होली खेल्ने तराईको पुरानो परम्परा हो । मान्यजन तथा ठूलाबडासँग रङ लगाएपछि कनिष्ठले खुट्टामै ढोगेर आशीर्वाद लिने परम्परा छ ।
मधेसमा बुधबारसम्म होली खेलिने

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech